• ट्रेण्डिङ्ग :
समुदायमा कांग्रेस’ अभियान स्थगित

समुदायमा कांग्रेस’ अभियान स्थगित


  • 3.2K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    समुदायमा कांग्रेस’ अभियान स्थगित

    काठमाडौँ २३ माघ/नेपाली काँग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । 

    images

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिनुभयो । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

    काँग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो । रासस


    तेस्रो आँखा