• ट्रेण्डिङ्ग :
कांग्रेस गठबन्धन बिना चुनाव लड्नु पर्छ : कोइराला 

कांग्रेस गठबन्धन बिना चुनाव लड्नु पर्छ : कोइराला 


  • 3.9K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.0K Views

    कांग्रेस गठबन्धन बिना चुनाव लड्नु पर्छ : कोइराला 

    दाङ २३ माघ/नेपाली कांग्रेसका नेता शशांक कोईरालाले निर्वाचनमा कांग्रेस गठबन्धन बिना चुनाव लड्नु पर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन दाङले मंगलबार घा्राहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता कोईरालाले चुनाव कांग्रेस एक्लै लडेर सरकार बनाउने बेला मात्र गठबन्धन बनाउनु पर्ने बताए ।

    images

    अहिले कार्यकर्ताहरुले पनि यो विषय उठाएको उनले बताए ।  एक फरक विषयमा वोल्दै  नेता कोईरालाले सरकारमा  काङ्ग्रेसवाट सहभागी भएका मन्त्रीहरुले पार्टीको निर्देशन मान्न छोडेको बताए । नेता कोईरालाले भन्नू भयोस् मन्त्रीहरु आफ्नो भिजन र पार्टीको निर्देशन  विना अगाडि बढ्दा विकासले जुन लिनु पर्ने हो त्यो लिएको पाइदैन् उनले भने । समुदायमा काङ्ग्रेस कार्यक्रममा सल्यान जान लागेका नेता कोईरालाले अब कांग्रेसको विधान अनुसार सभापतिमा सम्पुर्ण अधिकार केन्द्रितलाई अब विभाजन गरि संघिय मर्मअनुसार ७ प्रदेशका सभापतिलाई दिने ब्यवस्था वनाउन जरुरि रहेको वताए ।

    देश संघियतामा भए पनि काङ्ग्रेस पार्टीको अधिकार केन्द्रीय सभापतिमा हुनु संघियताको कार्यन्वयनमा प्रस्न चिन्ह उठ्नु स्वभाविक रहेको बताए । काङ्ग्रेस पार्टी जनताको हितमा काम गर्न खोजे पनि गठवन्धनका कारण धेरै काम गर्न नसकेको बताए । राजनीतिमा जहिले पनि भिजन बनाएर अगाडि बढाउने या स्थान छोडनु  पर्ने नेता कोईरालाले बताए ।


    तेस्रो आँखा