तुलसीपुर, २३ माघ/तुलसीपुर महोत्सव २०८० भोलीदेखि शुरू हुने भएको छ । मंगलबार तुलसीपुरमा आयोजित पत्रकार संम्मेलनमा मेलाको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष तथा तुलसीपुर मूल आयोजक समितिका संयोजक राम प्रसाद चालीसेको अध्यक्षतामा पत्रकार संम्मेलन भएको हो ।
महोत्सवबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने मेलाका संयोजक चालीसेले बताए । मेलामा संकलन भएको रकमले उद्योग वाणिज्य संघको सभाहलको मर्मत, मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने, सुस्त श्रवण भएका विद्यार्थीहरुको लागि अक्षकोष स्थापना गर्ने, लिफ्ट सहितको दमकल खरिदका लागि स्थानिय पालिकालाई सहयोग गर्ने उद्देश्य रहेको चालिसेले पत्रकार संम्मेलनमा जानकारी दिए ।
यस्तै व्यापारिक महोत्सव सबैले लगाउन पाउनुपर्ने कुनै दुईमत नरहेकोमा जोड दिए । व्यापारिक महोत्सव सबैले लगाउन पाउनुपर्छ तर माघ १५ पछि लगाउन मिल्ने उनको भनाई छ ।
स्थानीय वस्तुको प्रवर्धन समृद्धि नेपाल निर्माण हाम्रो अभियान भन्ने मुल नराका साथ तुलसीपुर महोत्सव भोलीदेखि फागुन ९ गतेसम्म सन्चालन हुने भएको छ । संघका उपाध्यक्ष खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस सल्लाहाकार शरद रेग्मीले गरेका हुन् ।
