• ट्रेण्डिङ्ग :
एसीसी वुमन्स प्रिमियर कपका लागि १४ सदस्यीय टोलीको घोषणा

एसीसी वुमन्स प्रिमियर कपका लागि १४ सदस्यीय टोलीको घोषणा


  • 5.4K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.4K Views

    एसीसी वुमन्स प्रिमियर कपका लागि १४ सदस्यीय टोलीको घोषणा

    काठमाडौँ । मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कपका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा डली भट्ट र कविता कुँवरलाई समेट्दै १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको हो। 

    images

    बन्द प्रशिक्षणबाट यशोदा विष्ट, खुसी डंगोल, सबनम राई र लक्ष्मी साउद नेपाली टोलीमा परेनन्।

    मलेशियामा आगामी माघ २७ देखि फागुन ६ (फेब्रुअरी १० देखि १८ सम्म) हुने एसीसी वुमन्स प्रिमियर कपमा नेपालसहित १५ टोली सहभागी हुने छन्। 

    प्रतियोगितामा नेपालसहित, आयोजक मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, इन्डोनेशिया, हङकङ, चीन, म्यान्मा, भुटान, बहराइन, कुवेत‚ ओमन‚ सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जनाउने छन्।

    प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष टोली क्वार्टरफाइनल पुग्ने छन्।

    प्रतियोगिताको फाइनल पुग्ने दुवै टोली सन् २०२४ को एसीसी महिला एशिया कपका लागि छानिने छन्।

     

    नेपाली टोली

    इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, रोमा थापा, संगीता राई, सम्झना खड्का, पूजा महतो, कविता कुँवर 

     

     


    तेस्रो आँखा