• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने


  • 2.1K
    SHARES
    • माघ २४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.2K Views

    प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

    कठमाण्डौं । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आईतबार सो कार्यक्रम हुने जानकारी गराएका हुन्।

    images

    उनले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताए।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते अपरान्ह ३ बजेभित्र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउन पनि सांसदहरुलाई सूचित गरिएको छ।

    सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० साल फाल्गुन ६ गतेको बैठकमा हुने गरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यस अघि नै समूह विभाजन भइसकेको र समूह ३ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० फागुन २ गते बुधबार दिनको ३ बजेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा समेत जानकारी गराउन चाहन्छु।’

    प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ। सोहीअनुसार आगामी फागुन ६ गते पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो।


    तेस्रो आँखा