दंगीशरण २५ माघ/दंगीशरण गाउँपालिका वडा न २ मा बुधबार अपरान्ह भएको आगलागी पीडित परीवारलाई स्थानिय सरकारले तत्कालका लागी आवस्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा सहितका सामाग्री वितरण गरेको छ । बुधबार अपरान्ह दंगीशरण गाउँपालिका वडा न २ निवासी गिता कुमारी बिक तथा मिन प्रसाद बिकको घर बिधुत तार सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ७ लाख बरावरको क्षती भएको अनुमान गरीएको छ ।
स्थानीय सरकार जनताको हरेक सुख दुखमा साथमै रहेको अनुभुती गराउन आफुहरु तत्कालका लागी चाहिने खाध सामाग्री सहित पीडित परीवारको घरमै गएर सहयोग हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले बिपद्को बेला सवैजना मिलेर सहयोग गर्ने बानिको विकाश गर्न आग्रह गरे । पछिल्लो समय नयाँ घरका संरचना निर्माण गर्दा जोखिमयुक्त ठाउँको पहिचान गरीमात्र निर्माण गर्न सुझाव दिए । सामाग्री हस्तान्तरण कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बिपद्को घडीमा सबैले आआफ्नो ठाउँबाट सहयोग गरी सद्भाव र सबैको सहानुभूतिको भाव देखाउन आग्रह गरिन् । हिजो भएको आगलागीको घटना पश्चात जनप्रतिनिधिलाई ढिलो जानकारी भएको र आगलागीबाट भएको क्षती प्रती दुख ब्यक्त गरिन् ।
यस्तै वडा न २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले घटनाका पिडित परीवारलाइ हरेक सहयोगि सस्थाहरु सङ्ग समन्वय गरी राहात सामाग्री प्रदान गर्नतर्फ आफुहरु लाग्ने बताए । गाउँपालिका अध्यक्ष शम्भु गिरीको नेतृत्वमा एक क्विन्टल चामल, एक लम्बर दाल, ५ केजी नुन, दुई थान बलान्केट, तीन थान झुल, दुई वटा खाट, डसना, तकिया, बाल्टिन, बाटा, बेसार, सोयाविन, खुर्सानी, खाने तेल गरी करीव २५ हजार बरावरको सामाग्री हस्तान्तरण गरीएको हो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।
