• ट्रेण्डिङ्ग :
१५ वर्षपछि नेपाल फर्किएका युवकको घर फेला पार्न कठिन 

१५ वर्षपछि नेपाल फर्किएका युवकको घर फेला पार्न कठिन 


  • 4.8K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.4K Views

    १५ वर्षपछि नेपाल फर्किएका युवकको घर फेला पार्न कठिन 

    दाङ २५ माघ/ १५ वर्षपछि घर फर्किएका युवकको घर फेला पार्न प्रहरीलाई कठिन भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर घर बताउने १८ वर्षीय दीपक चौधरीको घर र अभिभावक प्रहरीले तीन दिनदेखि खोजिरहेको छ। प्रहरीले उनको तस्बिरसहित सूचना पनि जारी गरेको थियो। 

    images

    तर अझै पनि उनको घर र परिवार फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। भारतीय प्रहरीले दीपकलाई कैलाली प्रहरीको जिम्मा लगाएको थियो। कैलाली प्रहरीले उनलाई दाङ पठाएको हो।  ‘उहाँ सोमबार दाङ आउनु भएको हो,’ डिएसपी मल्लले भने, ‘उहाँले भनेका ठाउँहरूमा हामीले तीन दिन घुमाउँदा पनि उहाँको घर तथा अभिभावक पत्ता लगाउन सकेका छैनौं।’

    उनी सानो हुँदा ठूलाबुवाले आफूलाई भारत लगेको दीपकले प्रहरीसँग भनेका छन्। उनले आफ्नी आमाको नाम गीता र बाजेको नाम गोपाल बताएका छन्। उनले सानो उमेरमा पढेको विद्यालयको नाम पनि बिर्सेका छन्। जसकारण उनको परिवारसँग पुनर्मिलन गर्न कठिन भइरहेको डिएसपी मल्लले बताए। 

    ‘हामीले एउटा गाउँको विद्यालयमा पुर्‍याउँदा उहाँले एक जना शिक्षकलाई चिनेँ भनेर भन्नुभयो,’ डिएसपी मल्लले भने, ‘तर ती शिक्षकले दीपकलाई चिनेनन्।’ प्रहरीले अझै पनि सम्भावित गाउँहरूमा उनलाई घुमाइरहेको छ। उनलाई चिन्नेले प्रहरीलाई सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।


    तेस्रो आँखा