• ट्रेण्डिङ्ग :
इटहरीमा कर्मचारी र जनप्रतिनिधका सन्तानले सामुदायिक विद्यालयमा पढ्नैपर्ने सबै विद्यालयमा एकै पोसाक

इटहरीमा कर्मचारी र जनप्रतिनिधका सन्तानले सामुदायिक विद्यालयमा पढ्नैपर्ने सबै विद्यालयमा एकै पोसाक


  • 4.0K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    इटहरीमा कर्मचारी र जनप्रतिनिधका सन्तानले सामुदायिक विद्यालयमा पढ्नैपर्ने सबै विद्यालयमा एकै पोसाक

    विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयहरूमा एउटै पोसाक लगाउने नीति कार्यान्वयन गरेको छ । यसैगरी, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने छ । 

    images

    अब सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले अलग अलग रंग तथा डिजाइनक पोसाक लगाउन पाउने छैनन् । 

    इटहरीभित्रका सबै विद्यालयमा समान खाले पोसाक लगाउनु पर्ने नियम कार्यान्वयन गरिएको मेयर हेमकर्ण पौडेलले बताए । “टाईको सट्टा छात्रहरूले अब भादगाउँले टोपी लगाउनु पर्ने छ,” पौडेलले भने । 

    इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० विद्यालय छन् । ती विद्यालयहरूमा ६३ हजार ५२६ विद्यार्थी पढ्छन् । पोसाकमा एकरूपता कायम गराउन नयाँ शैक्षिक सत्रबाट लागु हुने गरी नयाँ नीति लागु गरिएको मेयर पौडेलको भनाइ छ ।

    “पोसाकले नै हाम्रा विद्यार्थी इटहरीका हुन भनेर चिनिने छ । परिचया दिइरहनुपर्दैन,” अब संस्थागत विद्यालयहरूले पोसाक बिक्री गर्न पाउने छैनन् ।

    उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्यरूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नीति पनि बनाइएको पौडेलले सुनाए । सामुदायिक विद्यालयहरूमा समेत पठन पाठनको गुणस्तर अत्यन्तै राम्रो भएको पौडेलले दाबी गरे ।

    विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णयसमेत गरेको जनाइएको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको हो ।

    उपमहानगरका अनुसार विद्यालयले आफैँ पुस्तक तथा अन्य स्टेसनरी सामग्री बिक्री वितरण गर्दा अभिभावकले बढी रकम तिर्नुपर्ने अवस्था थियो । केही समयअघि इटहरीका सबै विद्यालयमा उपमहानगरले नै पकाएरै नेपाली मौलिक खाजा खुवाउने नीति कार्यान्वयन गराएको थियो ।


    तेस्रो आँखा