• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले गरे शपथग्रहण

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले गरे शपथग्रहण


  • 4.5K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले गरे शपथग्रहण

    कोशी । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

    images

    शुक्रवार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन्।

    मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकासमन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिएका छन्।


    तेस्रो आँखा