• ट्रेण्डिङ्ग :
विद्यार्थी कुसंस्कार विरुद्ध लड्नुपर्छः मन्त्री मास्की

विद्यार्थी कुसंस्कार विरुद्ध लड्नुपर्छः मन्त्री मास्की


  • 4.0K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.2K Views

    विद्यार्थी कुसंस्कार विरुद्ध लड्नुपर्छः मन्त्री मास्की

    तुल्सीपुर २७ माघ/लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर माझकीले विद्यार्थी कुसंस्कार कुरितिका विरुद्ध लड्नुपर्ने बताए । अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई  सम्मान कार्यक्रममा मन्त्री मास्कीले विद्यार्थीले समाजका हरेक कुसंस्कार तथा कुरीतिका विरुद्ध लड्दै आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । विद्यार्थीले ठूलाठूला आन्दोलनको पनि नेतृत्व गरेको भन्दै त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको समेत उनले बताएका छन्।

    images

    अखिल क्रान्तिकारी क्याम्पस इकाइ समिति अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।

    उक्त कार्यक्रममा अखिल ९क्रान्तिकारी० लुम्बिनी प्रदेश उपाध्यक्ष भिमराज खरेल , नेकपा माओवादी केन्द्र दाङका सचिब विस्वराज आचार्य , अखिल ९क्रान्तिकारी० लुम्बिनी प्रमुख सचिब राजेन्द्र विष्ट , क्याम्पस प्रमुख गणेश पार्थे, कर्मचारी संगठनका शान्तराज गौतम , प्राध्यापक संगठनका भुप बहादुर बुढाथोकी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण  एचआर मगरले गरेका थिए ।


    तेस्रो आँखा