• ट्रेण्डिङ्ग :
क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य


  • 3.8K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.9K Views

    क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

    काठमाडौँ, २७ माघ/एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

    यस्तै नवनित धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस किर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

    तीन खेलको सिरजमा नेपाल बिहीबार भएको पहिलो खेलमा सात रनले विजयी भएको थियो । आज जित निकालेका नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बन्नेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । 


    तेस्रो आँखा