• ट्रेण्डिङ्ग :
बालिका अपहरण गरी सामूहिक बलात्कार गर्ने  तीनजना पक्राउ

बालिका अपहरण गरी सामूहिक बलात्कार गर्ने  तीनजना पक्राउ


  • 4.6K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.1K Views

    बालिका अपहरण गरी सामूहिक बलात्कार गर्ने  तीनजना पक्राउ

    महोत्तरी/महोत्तरीमा बालिकालाई अपहरण गरेर बलात्कार गर्ने लुटेरा समूहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा चारजना संलग्न रहेपनि एकजना अझै फरार रहेको प्रहरी निरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ।

    images

    उहाँका अनुसार पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अंसारी र भारत विहार राज्यको सितामढी ग्राम पञ्चायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अंसारी रहनुभएको छ। पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी  अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभएको छ।

    सम्सी गाउँपालिका–१ स्थित मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समूहमा रहेका लुटेरा समूहले गत माघ २२ गते राति डेढ बजे आमा लाई घरमा थुनेर बालिकालाई घरबाट डेढ किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेका थिए ।


    तेस्रो आँखा