• ट्रेण्डिङ्ग :
एमालेको महोत्तरी अध्यक्षमा यादव

एमालेको महोत्तरी अध्यक्षमा यादव


  • 3.1K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    एमालेको महोत्तरी अध्यक्षमा यादव

    बर्दिबास/ नेकपा एमालेको महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादव निर्वाचित हुनुभएको छ । एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट कार्यसमितिमा अध्यक्ष यादव प्यानलसहित विजयी हुनुभएको हो । 

    images

    अध्यक्षमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान भएको एमालेका युवा नेता शङ्कर महतोले जानकारी दिनुभयो । आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार बलराम यादव नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अध्यक्षमा यादव २५९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याउनुभयो । 

    यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम, सचिवमा शम्भु ठाकुर, उपसचिवमा फेकन राम चमार र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुश्वाहा विजय हुनुभएको निर्वाचन अधिकृत क्षेत्रीले बताउनुभयो । महोत्तरीमा एमालेको १३ वर्ष पश्चात् अधिवेशन भएको हो । ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीको अधिवेशनमा ४२९ मतदान गरेका थिए ।


    तेस्रो आँखा