• ट्रेण्डिङ्ग :
गौशालाको होटलमा महिला मृत फेला, हत्या आशंका

गौशालाको होटलमा महिला मृत फेला, हत्या आशंका


  • 5.4K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.4K Views

    गौशालाको होटलमा महिला मृत फेला, हत्या आशंका

    काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

    images

    गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।

    घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा