• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, रुपान्तरण अभियानको विशेष समीक्षा हुने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, रुपान्तरण अभियानको विशेष समीक्षा हुने


  • 3.5K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, रुपान्तरण अभियानको विशेष समीक्षा हुने

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक  बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    images

    प्रवक्ता सापकोटाका अनुसार बैठक  दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

    समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

    सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।


    तेस्रो आँखा