• ट्रेण्डिङ्ग :
प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित

प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित


  • 3.0K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित

    काठमाडौँ, २८ माघ/एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । 

    images

    पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपालको २ खेलमा ४ अङ्क भएको छ । भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । 

    नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन् । तेस्तै रुविना क्षेत्रीले १७ रन बनाइन् । तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए । कविता कुँवरले ५ रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक/एक विकेट लिए । 

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियोे । भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन भने, कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन् । त्यस्तै, छिङि जाङमोले १६ रन बनाइन् ।

    नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्नेछ । 


    तेस्रो आँखा