• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने


  • 3.6K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने

    काठमाडौं, २८ माघ/नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    images

    आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

    महासमिति बैठकका सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।


    तेस्रो आँखा