• ट्रेण्डिङ्ग :
एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद


  • 3.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

    विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार  नेपाली नक्कली नोट बरामद गरेको छ । एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो ।

    images

    इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

    पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।


    तेस्रो आँखा