• ट्रेण्डिङ्ग :
छोरीको जीवन रक्षाका लागि सहयोग गरिदिन परिवारको अपिल

छोरीको जीवन रक्षाका लागि सहयोग गरिदिन परिवारको अपिल


  • 5.4K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.3K Views

    छोरीको जीवन रक्षाका लागि सहयोग गरिदिन परिवारको अपिल

    शान्तिनगर २९ माघ/शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुर निवासी गोपाल पुन र कल्पना पुनले छोरीको उपचारका लागि आर्थिक समस्या भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् ।

    images

    पुनको ७ वर्षीया छोरी दिक्षा पुनको ब्रेन ट्युमरका कारण विगत ६ महिनादेखि काठमाडौंमा उपचाररत छिन् । एक्कासी बिरामी परेकी पुनको दाङसहित नेपालगञ्ज लगायत ठाउँमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंमा उपचार गराइरहेको परिवारले जनाएको छ । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले छोरीको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन पुन परिवारले आग्रह गरेको छ ।

    अहिलेसम्म नातिनीको उपचारमा करिब १३ लाख खर्च भइसकेको उनकी हजुर आमा जानकी पुनले बताइन् । नातिनीको उपचारको लागि आफुसँग भएको सबै गरगहना समेत बेचीसकेकाले बाँकी उपचार गर्न एकदमै आर्थिक समस्या भएको उनले बताइन् ।

    साथै उनले नातिनीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरिन् । बालिकाको भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अझै खर्च लाग्ने अस्पतालले बताएको छ ।

    सहयोग गर्न चाहनेहरुले दिक्षाको बुवा गोपाल पुनको फोन नं। ९७६६२३१७४५ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरिएको छ ।


    तेस्रो आँखा