• ट्रेण्डिङ्ग :
कांग्रेस आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

कांग्रेस आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन


  • 3.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    कांग्रेस आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

    काठमाडौँ, २९ माघ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गर्नुभएको छ ।
     
    महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उहाँले आज “आर्थिक उपसमिति” को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरुमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति  इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गर्नुभएको हो ।
     
    सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गर्नुर्भएको छ ।

    images


    तेस्रो आँखा