• ट्रेण्डिङ्ग :
‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा युवती पक्राउ

‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा युवती पक्राउ


  • 3.0K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौँ । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी घर भएकी २४ वर्षीय अमिलाकुमारी साउद छिन् । आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    images

    आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले रातोपाटीलाई बताए ।

    उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन् । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा