• ट्रेण्डिङ्ग :
विधान सम्मेलन अघि माओवादीको पदाधिकारी बैठक बस्दै

विधान सम्मेलन अघि माओवादीको पदाधिकारी बैठक बस्दै


  • 3.6K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    विधान सम्मेलन अघि माओवादीको पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न आज बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बैठक बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए । 

    images

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए । 

    पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 


    तेस्रो आँखा