• ट्रेण्डिङ्ग :
‘कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन’

‘कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन’


  • 7.9K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 12.1K Views

    ‘कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन’

    चितवन,१ फागुन/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न  बाँकी रहेको बताउनुभयो ।

    images

    अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताउनुयभो । “सरकारले नै विधेयक ल्याउन सकेन”, उहाँले भन्नुभयो । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । 

    उहाँले भन्नुभयो, “राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ ।” सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा