• ट्रेण्डिङ्ग :
रुविनाको शतकमा माल्दिभ्सलाई एक सय २८ रनको चुनौती

रुविनाको शतकमा माल्दिभ्सलाई एक सय २८ रनको चुनौती


  • 3.5K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    रुविनाको शतकमा माल्दिभ्सलाई एक सय २८ रनको चुनौती

    काठमाडौँ, १ फागुन/नेपाली टोलीकी प्रमुख महिला खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको चुनौती दिएको छ । 
     
    मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय २७ रनको योगफल बनायो । नेपालका लागि रुविनाले सर्वाधिक एक सय १८ रनको योगदान दिइन् ।
      
    उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । 
     
    आजको खेलमा रुविनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित एक सय १८ रन बनाएको हो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थियो । त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् । 

    images


    तेस्रो आँखा