• ट्रेण्डिङ्ग :
सात महिनामा ५ लाख ५० हजार ६० जनालाई दिइयो अनलाइनबाट प्रहरी रिपोर्ट

सात महिनामा ५ लाख ५० हजार ६० जनालाई दिइयो अनलाइनबाट प्रहरी रिपोर्ट


  • 2.0K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.0K Views

    सात महिनामा ५ लाख ५० हजार ६० जनालाई दिइयो अनलाइनबाट प्रहरी रिपोर्ट

    काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त  भएका थिए । तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन् ।

    images

    विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ । नेपाल प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्छन् । स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ ।

    यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरूले राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने   हुन्छ । आवश्यक कागजातहरू सहितको निवेदन पेस गरेको करिब ५ दिनभित्र आवश्यक प्रक्रिया पूरा भएपछि निवेदककै युजर आइडीमा  प्रहरी रिपोर्ट पठाइने व्यवस्था छ । 


    तेस्रो आँखा