• ट्रेण्डिङ्ग :
५ जना मृतावस्थामा फेला

५ जना मृतावस्थामा फेला


  • 3.7K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.7K Views

    ५ जना मृतावस्थामा फेला

    काठमाडौँ । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै नाति ८ वर्षीय गौचरण चमार आफ्नै घर नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    images

    मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएकोले जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यसैगरी भोजपुरको षडानन्द नगरपालिका-३ खार्तम्छास्थित कुलोमा साल्पासिलिछो गाउँपालिका-२ कुलुङ बस्ने ३० वर्षीय हेमन्त राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    बागलुङको काठेखोला गाउँपालिका-२ भुडीखोलास्थित भिरमा पनि सोही गाउँपालिका-२ सलम बस्ने ६२  वर्षीय ईन्द्र बहादुर थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँको दक्षिणकाली नगरपालिका-५ शेषनारायणस्थित मन्दिर परिसरमा हाल नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा