• ट्रेण्डिङ्ग :
खेलाडीलाई कोरोना भएपछि च्यासल युथ क्लब र पुलिस क्लबबीचकाे खेल स्थगित 

खेलाडीलाई कोरोना भएपछि च्यासल युथ क्लब र पुलिस क्लबबीचकाे खेल स्थगित 


  • 6.8K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    खेलाडीलाई कोरोना भएपछि च्यासल युथ क्लब र  पुलिस क्लबबीचकाे  खेल स्थगित 

    काठमाडौं, २ माघ । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ। 

    images

    यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो। 

    पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं  स्थानमा छ  । ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन।


    तेस्रो आँखा