• ट्रेण्डिङ्ग :
धार्मिक र सामाजिक सद्भावको मेला सुरु

धार्मिक र सामाजिक सद्भावको मेला सुरु


  • 3.9K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    धार्मिक र सामाजिक सद्भावको मेला सुरु

    बाँके २ फागुन/हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ । इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा च्यादर ओडाएर मेलाको सुभारम्भ गर्नुभयो ।

    images

    खजुराका स्थानीय अगुवा सतिश निरौलाले हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र बिरलै देख्न पाइने पाइने बताउनुभयो । निरौलाले भन्नुभयो, यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ। 

    मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ ।

    यहाँ एकसय वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको जेष्ठ नागरिकहरु बताउँछन् । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।


    तेस्रो आँखा