• ट्रेण्डिङ्ग :
आगलागीबाट घर जलेर नष्ट

आगलागीबाट घर जलेर नष्ट


  • 3.4K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    आगलागीबाट घर जलेर नष्ट

    मार्तडी/गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।  हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो । स्थानीय महेन्द्र रोकायाको घरमा अचानक आगलागी भएको स्थानीय हरिबहादुर रोकायाले बताउनुभयो ।

    images

    घरको भान्छाबाट आगलागी भएको बताइएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको घरका सदस्यले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँहरुको भनाइ छ । 

    आगलागीको थप तथा यकिन विवरणका लागि इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाबाट प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  


    तेस्रो आँखा