• ट्रेण्डिङ्ग :
विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय

विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय


  • 4.0K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय

    काठमाडौँ, २ फागुन/नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ । 

    images

    सैनिक श्रीमती सङ्घको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित उक्त विद्यालयमा आगामी शैक्षिक सत्रबाट ३० जना बालबालिका भर्ना गरी पठनपाठन आरम्भ गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले उद्घाटन गर्नुभएको उक्त विद्यालय करिब १५ महिनाअघि शिलान्यास गरिएको थियो । भवन समुद्घाटन समारोहमा प्रधानसेनापति शर्माले बहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका विशेष क्षमता भएका सन्ततिको शिक्षा र जीवनोपयोगी क्षमता विकासमा विद्यालय महत्वपूर्ण सावित हुने बताउनुभयो ।

    उहाँले विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुरसन्ध्यामा सहयोग पु¥याउने कलाकारलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सङ्घकी अध्यक्ष शर्माले विसं २०४० कात्तिक २२ गते स्थापित सैनिक श्रीमती सङ्घ सैनिक व्यक्तिका परिवारको कल्याण सँगसँगै विपद् प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको बताउनुभयो ।


    तेस्रो आँखा