• ट्रेण्डिङ्ग :
मध्य पहाडमै भविष्यको खोजी गर्न सक्ने गरी नीति बनाउनुपर्छ : विष्णु पौडेल

मध्य पहाडमै भविष्यको खोजी गर्न सक्ने गरी नीति बनाउनुपर्छ : विष्णु पौडेल


  • 2.7K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    मध्य पहाडमै भविष्यको खोजी गर्न सक्ने गरी नीति बनाउनुपर्छ : विष्णु पौडेल

    काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्य पहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिने गरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्।

    images

     

    बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षण पत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। 

     

    उनले संकल्प यात्राका क्रममा मध्य पहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नका लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गरे।

     

    उनले सरकारले मध्य पहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए। नेता पौडेलले सरकारले मध्य पहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे। 

     

    उनले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई सुधार गर्न पनि आवश्यक देखिएको र यसले केही दूरी कम गर्ने बताए। उनले मध्य पहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने जानकारी गराए। 

     

    उनले मध्य पहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्य पूर्वका जिल्लावासीहरु काठमाडौँ आउँदा मध्य पहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताए। 

     

    छलफलमा सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले एमालले बुझाएको सुझाव कुनै पार्टी विशेषभन्दा पनि समग्र देशको आवश्यकता र मध्य पहाडी क्षेत्र र आसपासका ठाउँको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए। 

     

    नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषय समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 


    तेस्रो आँखा