• ट्रेण्डिङ्ग :
पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा

पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा


  • 3.2K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् ।

    images

    सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् । उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेका थिए । 

    राजधानीमा दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन निम्ता भएपनि उनी चितवन हान्निएका थिए । उनी अझै केही दिन चितवनमै रहने बताइएको छ ।

    gyanendra3_hNtOYvlJ01.jpg


    तेस्रो आँखा