• ट्रेण्डिङ्ग :
दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी


  • 4.1K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

    घोराही, ३ फागुन/दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो ।

    images

    बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता सफल बनाउन विद्यालयले अफिसियल स्कुल पार्टनरका रुपमा भुमिका खेल्ने भएपछि आयोजकले आभार प्रकट गरेको छ ।

    संस्कार संस्कृति तथा खेलकुद क्षेत्र संग जोडियो हरेक क्षेत्रमा गुरुकुल ऐकेडेमी जोडिदै आएको छ । शैक्षिक हव बनाउने उद्वेश्यले दाङको अन्य २ ठुला शहर लमहि र तुलसिपुरमा पनि शैक्षिक सत्र २०८१ बाट गुरुकुकल ऐकेडेमीले पठन पाठन संचालन गराउने भएको छ ।


    तेस्रो आँखा