काठमाडौँ : विशेष अदालतले ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने फैसला सुनाएको छ।
विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको हो।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले जग्गा धनीहरुको हकमा भने कुनै सजायँ दिएको छैन।
अदालतले जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाल तथा कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ।
दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।
