• ट्रेण्डिङ्ग :
राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे


  • 3.0K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

    उदयपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन् ।

    images

    उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको आज सालिक अनावरण गर्दै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरे ।

    विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गरे ।

    गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो । जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व थापाको फोटोसहितको रु १० को टिकट आजैदेखि प्रयोगमा आएको छ ।


    तेस्रो आँखा