• ट्रेण्डिङ्ग :
प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर


  • 3.0K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

    काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।

    images

     

    उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

     

    पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

     

    सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो।

     

    उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार रुपैंया बिगो जफत गर्न पनि आदेश भएको उपरजिष्ट्रार कार्कीले बताए।

     

    यस्तै, चार हजार रूपैयाँ घुस लिएको आरोपमा समातिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) लाई विशेष अदालतले १५ दिन कैद हुने फैसला गरेको छ। सीमा प्रहरी चौकी धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकीलाल चौचरी गत वर्ष कार्तिकमा चार हजार रुपैंया घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए।

     

    नगराइन नगरपालिका २ जटहीका व्यापारीहरूसँग महिनावारी रकम दिनुपर्ने भनि दबाब दिएको उजुरीका आधारमा पक्राउ परेका उनी दोषी ठहरिएका हुन्। अदालतले उनले घुस लिए बराबरको रकम बिगो जरिवानासमेत हुने फैसला गरेको छ ।


    तेस्रो आँखा