• ट्रेण्डिङ्ग :
कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै


  • 2.8K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

    काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।

    images

    कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।

    अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ ।

    याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

    प्रस्तावमा सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन्।

    Congress-1.png
    undefined


    तेस्रो आँखा