• ट्रेण्डिङ्ग :
भरतपुर विमानस्थलको विस्तारका लागि सोमबारदेखि सर्भे हुने

भरतपुर विमानस्थलको विस्तारका लागि सोमबारदेखि सर्भे हुने


  • 5.4K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.3K Views

    भरतपुर विमानस्थलको विस्तारका लागि सोमबारदेखि सर्भे हुने

    काठमाण्डौ ५ फागुन/चितवनको भरतपुर विमानस्थलको विस्तारका लागि प्रकृया अघि बढेको छ । विमानस्थल विस्तारका लागि पर्सि सोमवारदेखि सर्भे हुने भएको छ ।

    images

    भरतपुर महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार पर्सिदेखि शुरु हुने सर्वेको काम एक हप्ताभित्र सक्ने तयारी छ ।

    मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकमा समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गएको माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो ।

    विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् । 


    तेस्रो आँखा