• ट्रेण्डिङ्ग :
आज समाजवादी मोर्चाको बैठक बस्दै

आज समाजवादी मोर्चाको बैठक बस्दै


  • 2.9K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    आज समाजवादी मोर्चाको बैठक बस्दै

    काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।

    images

    मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे बैठकमा छलफल गरिने एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।


    तेस्रो आँखा