• ट्रेण्डिङ्ग :
भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको राजीनामा  माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको राजीनामा  माग


  • 2.6K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको राजीनामा  माग

    काठमाडौं ६ फागुन/प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

    images

    ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

    गत पुस १३ गते ललितपुरको बालकुमारीमा इपीएस भाषा परिक्षा विवादमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो ।आइतबारको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे । त्यसपछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका छन् ।

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।


    तेस्रो आँखा