• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु 

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु 


  • 4.0K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु 

    दाङ ६ फागुन/दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका-१ निवासी २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । 

    images

    दुर्घटनामा परेर गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिए । उनका अनुसार मोटरसाईकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते भएका छन् । 

    पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिए । प्रहरीका अनुसार दुबै जना घोराही उपमहानगरपालिका-१८ मा डेरा गरी बस्दै आएका छन् । 


    तेस्रो आँखा