• ट्रेण्डिङ्ग :
स्थानीय चुनाव र विविध विषयमा छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

स्थानीय चुनाव र विविध विषयमा छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै


  • 5.7K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    स्थानीय चुनाव र विविध विषयमा छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

    काठमाडौं, ४ माघ । सत्तारुढ गठबन्धनको बैठक मंगलबार (आज) बस्ने भएको छ। स्थानीय निर्वाचन गर्न आयोग र स्थानीय तहका छाता संगठनहरुले दबाब दिएपछि यस विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्ने भएको हो। 

    images

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो। राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

    सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  छलफल भएको थियो ।

     


    तेस्रो आँखा