• ट्रेण्डिङ्ग :
दुई एग्रोभेट सेन्टरमा ताला

दुई एग्रोभेट सेन्टरमा ताला


  • 3.6K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    दुई एग्रोभेट सेन्टरमा ताला

    गुल्मी, ६ फागुन/गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला लगाइएको छ । मापदण्ड विपरित सञ्चालमा रहेका यहाँका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालयले ताला लगाएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार तम्घासको उदिनढुङ्गास्थित मापदण्डविपरित रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरमा ताला लगाइएको हो ।  

    images

    औषधी व्यवस्था विभागमा दर्ता हुनु पर्नेमा दुई वटै एग्रोभेट सेन्टर दर्ता नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको सूचना अधिकारी गैरेले बताउनुभयो । दुई एग्रोभेट सेन्टरले औषधी व्यवस्था विभागमा आफ्नो एग्रोभेट सेन्टर दर्ता गरी दर्ता प्रमाणपत्र ल्याएमा खुल्ने उहाँले बताउनुभयो । 

    आज जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा पनि आवश्यक कागजात नभेटिएको र औषधी व्यवस्था विभागकोे आदेशअनुसार दुई वटै एग्रोभेट सेन्टर बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । केही समय पहिले औषधी व्यवस्था विभागले अनुगमन गर्दा यी दुई वटै एग्रोभेट सेन्टरले दर्ता नगरेको भेटेपछि दर्ता गरी प्रमाणपत्र ल्याउन भनेको थियो । 


    तेस्रो आँखा