तुलसीपुर ७ फागुन/दाङको तुलसीपुरबाट एक बालिका सम्पर्क बिहीन भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइन निवासी १३ वर्षीया विपना वली बाहिनी चोकबाट आइतबार बिहान ९ बजेदेखि सम्पर्क विहिन भएको उनका बुवा बुवा पवन कुमार वलीले जानकारी दिनुभयो ।
आइतबार बिहान डान्सको कपडा छोड्न गएकी विपना बाहिनी चोकबाट सम्र्पक विहीन भएको वुवा पवनले बताउनुभयो । सीसी क्यामरामा हेर्दा बिहान ९ बजेतिर बाहिनी चोकदेखि पश्चिमको भित्री गल्लीतर्फ एक्लै गएको देखिन्छ । त्यसपछि अहिलेसम्म घरमा पनि आएकी छैन । सीसी क्यामरा नभएकाले कहाँगइ देखिदैन् । उसको हातमा कुनै मोबाइल पनि छैन ।
आफन्तको घरमा पनि गएकी छैनन् । अहिले ’ वुवा पवन कुमारले भन्नुभयो । बालिका विपना तुलसी बोर्डिङमा कक्षा ६ अध्ययन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । बालिका कतै भेटिएमा ९८५७८३६६१२ सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।
