• ट्रेण्डिङ्ग :
प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले क्यामेरा डाउन गरे

प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले क्यामेरा डाउन गरे


  • 4.1K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले क्यामेरा डाउन गरे

    काठमाडौं ७ फागुन/राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

    images

    सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन । 

    सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए । समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो ।


    तेस्रो आँखा