• ट्रेण्डिङ्ग :
देउवा र गगनको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुनः बैठक बस्ने

देउवा र गगनको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुनः बैठक बस्ने


  • 4.2K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    देउवा र गगनको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुनः बैठक बस्ने

    काठमाडौँ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको छलफल निष्कर्ष विहीन बनेको छ ।

    images

    चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि छलफल फेरि निष्कर्षविहीन बनेको हो ।

    सोमबार बिहानैदेखि बूढानीलकण्ठमा सभापति देउवा र महामन्त्रीबीच छलफल सुरु भएको थियो ।

    छलफल निष्कर्षविहीन बनेसँगै महासमिति बैठकको उद्घाटन सत्रपछि पुनः बस्ने तय भएको कांग्रेसका एक नेताले मकालुखबरलाई जानकारी दिए ।

    महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा सभापती देउवाको असहमति छ । भने महामन्त्री थापा पनि आफ्नो प्रस्तावमा अडिग देखिन्छन् ।

    छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र  विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।

    कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा दिउँसो १ बजेबाट सुरु हुँदैछ ।


    तेस्रो आँखा