• ट्रेण्डिङ्ग :
बलम्बु प्रभाग गोली प्रकरण : छानबिन समिति गठन

बलम्बु प्रभाग गोली प्रकरण : छानबिन समिति गठन


  • 3.2K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    बलम्बु प्रभाग गोली प्रकरण : छानबिन समिति गठन

    काठमाडौं ७ फागुन/प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन गरिएको छ । 

    images

    आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानबिन गरिएको हो । बलम्बु प्रहरी प्रभागभित्र चल्यो गोली, इन्स्पेक्टर नियन्त्रणमा परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानबिन थालेको हो । समितिमा अन्य दुईजना सदस्य छन् । 

    ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको थियो । भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो । घाइते सेवाग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् । बडिगार्डको भने चन्द्रागिरिकै मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य छ ।


    तेस्रो आँखा