• ट्रेण्डिङ्ग :
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु 

पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु 


  • 3.4K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु 

    पाल्पा ७ फागुन/ पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ । 

    images

    जिल्लाको माथागढी –५, रहबास–खैरेनी भित्री सडकमा लु २ ख ५६१ नम्बरको टिप्पर सोमबार बिहान दुर्घटनामा परेको हो । 

    रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढीस्थित धामिघा चुनढुङ्गा खानीतर्फ आएको टिप्पर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा