• ट्रेण्डिङ्ग :
गगनको प्रस्तावमा देउवाको सहमति, चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने

गगनको प्रस्तावमा देउवाको सहमति, चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने


  • 3.3K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    गगनको प्रस्तावमा देउवाको सहमति, चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् । सोमबार बेलुका बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकमा चुनावी गठबन्धन नगर्ने थापाको प्रस्तावमा देउवाले सहमति जनाएको एक पदाधिकारीले जानकारी दिए ।

    images

    ती पदाधिकारीका अनुसार थापालाई गलाउने रणनीति सफल नहुने देखिएपछि देउवाले सहमति दिएका हुन् ।

    "निकै रस्साकस्सीपछि सभापतिले हुन्छ भन्नुभयो । अर्थात् महामन्त्री थापाको प्रस्ताव पास भयो । सभापतिले हुन्छ भनेपछि उपसभापति खड्का, प्रवक्ता महतलगायत अवाक भए, अचम्म परे," ती पदाधिकारीले भने ।

    कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि नेताहरूबीच कुरा मिलेको पुष्टि गरे ।

    "कांग्रेसलाई बलियो र सफल पार्टी बनाउन रुख चिह्नमा मतदान गराउने, यस्ता शब्द राखेर प्रतिवेदनमा भाषा मिलाउने काम भयो । कुरा मिलेको छ, बाँकी भोलि थाहा हुन्छ," सहमहामन्त्री आङ्देम्बेले भने ।

    देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ ।


    तेस्रो आँखा