• ट्रेण्डिङ्ग :
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि  

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि  


  • 3.1K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि  

    काठमाडौं । नेकपा एमालेकौ केन्द्रीय कमिटी बैठक मंगलबार शुरु हुँदैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे शुरु हुनेछ।

    images

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय भएको जानकारी दिए। उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। 

    बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ। 

    यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेण्डा’ तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। बैठक बिहीबारसम्म बस्नेछ।


    तेस्रो आँखा